तेल तस्करी गर्ने गिरोहको आक्रमणबाट चार प्रहरी घाइते

७ बर्ष अगाडि

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर  १ पाडेपुरमा मंगलबार बिहान तेल तस्करी गर्ने गिरोहको आक्रमणबाट चार जना प्रहरी घाइते भएका छन् ।

नेपालबाट भारत तर्फ डिजेल पेट्रोल तस्करी गर्ने गिरोहको आक्रमणबाट दुइ प्रहरी सहायक निरिक्षक सहित चार जना घाइते भएका हुन् । घाइते हुनेहरुमा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरिक्षक विष्णुदेव यादव , प्रहरी हवल्दार प्रेम थापा , प्रहरी जवान अर्जुन चौधरी र प्रहरी चौकी पिडारीगुठीका प्रहरी सहायक निरिक्षक जय किशुन महत्तो रहेका छन् । ती मध्ये टाँउकोमा गम्भिर चोट लागेका प्रहरी जवान चौधरीको अवस्था भने चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । मंगलबार बिहान करिब ३ बजे तिर दुइ वटा मोटरसाईकलमा डिजेल लोड गरि सीमावर्ती भारतीय बजार इनर्वामा जादै गरेका तस्करहरुलाइ प्रहरीले रोक्न खोज्दा उल्टै तस्करहरुले प्रहरीहरुलाई आक्रमण गरि घाइते बनाएका हुन् ।  पाँडेपुर र सीमावर्ती भारतीय गाँउका तेल तस्करहरुले प्रहरीको साथबाट थ्रि नट थ्रि राइफल पनि खोसेर भागेका थिए । प्रहरीबाट तस्करहरुले खासेको राइफल भने घटनास्थल नजिकैको खेतमा फेला परेको छ । घटनाको खबर पाए लगत्तै सदरमुकाम वीरगन्जबाट प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गएको सुरक्षाकर्मीहरुको टोलीले खोजतलास गर्दा खोसिएको हतियार फेला परेको पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राइले बताउनु भयो  ।घटनामा नेपाल र भारत दुबै तर्फका अपराधी संलग्न रहेकाले उनिहरुको खोजी भइरहेको उहाले जानकारी दिनु भयो । घटनास्थलमा बिहानै देखि पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राईको नेतृत्वमा व्यापक प्रहरी परीचालन गरीएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनु भयो । भारतमा  पेट्रोल र डिजेलको मुल्य नेपालको भन्दा महङगो रहेका कारण तस्करहरुले सीमावर्ती पर्साका गाँउमा रहेका पेट्रोल पम्पहरुबाट खरिद गरेर सीमावर्ती भारतीय गाँउका बजारमा तस्करी गर्दै आएका छन् 

७ बर्ष अगाडि

प्रतिक्रिया