आजदेखि नेप्सेमा मनकामना स्मार्ट लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको कारोबार खुल्दै

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २ नयाँ कम्पनीको कारोबार खुल्दैछ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार खुल्ने भएको हो । 

उक्त दुवै कम्पनीको साधारण सेयर (आईपीओ) आइतबार नेप्सेमा सूचीकृत भएको थियो । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर ९आईपीओ० नेप्सेमा सूचिकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MKLB सिम्बोल पाएको छ । 

त्यसैगरी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि ULI  सिम्बोल पाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया