अरुण काबेली पावरकोे वित्तीय विवरण सार्वजनिक, खुद नाफा १६८.३८ प्रतिशत वृद्धि

४ बर्ष अगाडि

काठमाडौं - अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा २८ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६८.३८ प्रतिशत बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विद्युत बिक्री आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७३.५५ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको जम्मा आम्दानी ६९.१० प्रतिशत बढेको छ । साथै सञ्चालन मुनाफा ६५.०५ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षमा ५।७१ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा २१६.०७ प्रतिशत बढेको छ ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८ पैसा बढेर १८ रुपैयाँ २८ पैसा पुगेको छ ।  

त्यसैगरी, उक्त अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४३ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात भने २५.९४ गुणा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया