मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति पर्‍यो आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेबाट निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आइपीओमा पौने १८ लाख आवेदन परेको छ । केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका अनुसार आइतबार साँझसम्ममा १७ लाख ७६ हजार ७११ आवेदकले २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर माग गरेका हुन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया