मैलुङ खोला जलविद्युतकोे आइपीओमा ३५।२८ गूणा बढी शेयर माग, कति पर्‍यो आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक शेयर ९आइपीओ पौने० १८ लाख आवेदन परेको छ । केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका अनुसार आइतबार साँझसम्ममा १७ लाख ७६ हजार ७११ आवेदकले २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर माग गरेका हुन् ।

कम्पनीले कम्पनीले सर्वसाधारणमा ६ लाख ८४ हजार ७४६ कित्ता मात्र शेयर निष्काशन गरेको हो । निष्काशित शेयरभन्दा ३५.२८ गूणा बढी शेयर माग भएको हो ।कम्पनीले साउन १४ गते बिहीबारदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । 

यसमध्ये ५ प्रतिशत बराबरको ३६ हजार ८१४ कित्ता शेयर म्युचुअल फन्ड र २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीलाई छुट्याएर बाँकी शेयरमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओमा साउन १८ गते सोमबारसम्म आवेदन दिन सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया