निको हुने भन्दा संक्रमतिको संख्या ५ सय बढी, मृत्यु हुनेका संख्या कति?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपाल २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

यस्तै, सोही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १।५ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ४० लाख ६४ हजार २८८ जनाले पहिलो मात्रा र १८ लाख १३ हजार ४७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया