सामान्य अंकले बढेको शेयर बजारमा जलविद्युत कम्पनीमा बढ्दो आकर्षण,कारोबार रकम १२ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडाैं, साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यस दिन १.२५ अंक बढेर ३०८१.०५ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.२४ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक बढेको छ।

यस दिन २२६ कम्पनीको १२ अर्ब १० करोड ३८ लाख रुपैयाँ बराबरको ३ करोड ३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यो दिन ६ कम्पनीको शेयर १० प्रतिशत बढेको छ। यस दिन सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर, युनिभर्सल पावर, ग्रीनलाइफ हाइड्रो, घलेम्दी हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यसैगरी, अन्य ९ कम्पनीको शेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कारोबारमा आएको लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.९८ प्रतिशत घटेको छ। त्यसैगरी, चन्द्रागिरी हिल्स, नारायणी डेभलपमेन्ट बैंक, कुमारी इक्विटी फण्ड, प्रभु इन्स्योरेन्स, एनआईबी समृद्धि फण्ड २ को मूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको १.७३ प्रतिशत, लगानीको १.६१ प्रतिशत र लघुवित्तको १.१७ प्रतिशत बढेको छ।

यता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत घटेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक १.४३ प्रतिशत, वित्त उपसमूहको १.१८ प्रतिशत, जीवन बीमाको १.१५ प्रतिशत र निर्जीवन बीमाको १.१४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन युनाइटेड मोदीको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया