खोप लगाउन जाने क्रममा डुंगा दुर्घटना, दिनको बच्चा सहित ३ जना बेपत्ता

४ बर्ष अगाडि

काठमाडौं - कर्णाली नदिमा डुंगा दुर्घटना हुदाँ ३ जना बेपत्ता भएका छन । आइतबार कैलालीको मोहन्याल गाउँपालिकाबाट चौकुने गाउँपालिका-४ सुर्खेत स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा दुर्घटना हुँदा २ जना घाईते भएको कैलाली प्रहरीले जनाएको छ ।

डुंगा दुर्घटना हुदाँ बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका-३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर, उर्मिलाको १०  दिनको बच्चा र सोही ठाँउ बस्ने २० बर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोे छ । 

यस्तै घाईते हुनेमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने १९ बर्षकी धनसरा सलामी मगर, उनकै एक महिनाको छोरा कर्ण सलामी रहेका छन् । धनसराको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । 

डुंगामा १० जना सवार रहेको बुझिएको छ जसमध्ये ५ जना भने सकुशल रहेको र अहिले ईलाका प्रहरी कार्यालय सुगरखाल कैलालीको टोली घटनास्थलमा खटिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया