काठमाडौं, नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ ।
कम्पनीलाई ४० करोड ५० लाख रुपैंया बराबरको ४० लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।
बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको लमजुङ जिल्लामा निर्माणाधिन न्यादी हाइड्रोपावर लिमिटेडलाई धितोपत्र बोर्डले अनुमति दिएसंगै निकट भविष्यमा यसको निर्माण सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले अबको केही समयमा नै प्रभावित तथा जिल्ला बासीका लागि प्राथमिक शेयर निष्काशन गर्ने पनि जनाएको छ । त्यस पश्चात् सर्वसाधारणको लागि पनि प्राथमिक सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया