काठमाडौं - सुनको गहना चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । नगद १३ लाख रुपैयाँ र १५ तोला बराबरको हीरा जडित सुनको गहना चोरी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकोे हो ।
पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–४ का जनक थापा, सोही ठाउँ बस्ने नरबहादुर थापा र उनकै दाइ छत्रबहादुर थापा रहेका छन् ।
उनीहरुले भारत राइपुर सेईबजार मुजगाहान ‘शंकराचार्य कलेज’का अध्यक्ष निशान त्रिपाठीको घरबाट नगद र सुनका गहना चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया