काठमाडौं - सर्वोत्तमको सेयर खरिद प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना कानून विपरित सर्वोत्तम सिमेन्टको सेयर खरिदमा संलग्न भएको भन्दै अख्तियारले अनुसन्धान सुरु गरेको हो ।
अख्तियारले बोर्डका अध्यक्ष ढुङ्गानासँग बुक बिल्डङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृति सम्बन्धी सबै कागजातहरु बोर्डसँग माग गरेको छ । अख्तियारले कागजातहरु प्राप्त भएपछि आरोपित सबैलाई बयानका लागि बोलाइन्छ ।
यही विषयमा आइतबार अख्तियारमा केही लगानीकर्ताहरुले लिखित उजुरी समेत हालेका छन् ।सर्वोत्तमको सेयर खरिद प्रकरणमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सञ्चालक चन्द्र ढकाल जोडिएका छन् ।
प्रतिक्रिया