यूनियन लाईफको आईपीओ दोस्रो बजारमा सूचीकृत, सोमबारदेखि कारोबारमा आउने

४ बर्ष अगाडि

काठमाडौं, आइतवार यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

उक्त कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ सूचीकत भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ ।  यूएलआई स्टककोडबाट कम्पनीको शेयर सूचीकृत भएको हो ।

कम्पनीले पहिलो कारोबारको लागि रू. ११५.१३ देखि ३४५.३९ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो । 

कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट सम्पन्न भएको थियो ।  उक्त आईपीओ २१ लाख १२ हजार ७९९ ओटा आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया