काठमाडौं, साताको पहिलो दिन (आइतबार) चन्द्रागिरी हिल्सको शेयरमुल्य फेरी ओरालो लागेको छ ।
कारोबार सुरु भएको साढे ३ घण्टा बित्दाँ कम्पनीको शेयरमुल्य ३.८० प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य १ हजार ६५५ रुपैंयामा झरेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १७ हजार ९०१ कित्ता शेयर खरिद माग भएको छ भने ६ हजार ३०० कित्ता शेयर बिक्री माग भएको छ ।
यसैगरी, सोही अवधीसम्म कम्पनीको १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । उक्त शेयर खरिद बिक्री हुदाँ २ करोड ३४ लाख बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया