नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक १० दिन पर सर्‍यो

४ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । 

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गर्ने सार्ने निर्णय गरेको हो । 

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

त्यसैगरी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया