काठमाडौं, झापाको दमक नगरपालिकाबाट प्रहरीले तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका ५ बस्ने ३२ वर्षीय पदम लिम्बुको सोही नगरपालिका ८ स्थित पेरुङगो होटेलमा तास खेलिरहेको अवस्थामा पदम सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटेलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया