काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्ने प्राथमिक शेयर (आईपीओ)ले रेटिङ पाएकोे छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालबाट रेटिङ गराएको हो ।
जाल्पा सामुदायिक लघुवित्तको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको हो ।
कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले प्रभु क्यापिटलसँग सम्झौता गरिसकेको छ ।
कम्पनीले आइपीओ निष्कासन गर्नको लागि असार २० गते नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । अब बोर्डबाट आवश्यक प्रक्रिया पूरा गरेर स्वीकृती पाएपछि सर्वसाधारणमा आईपीओ जारी हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड ७८ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २९ लाख ७३ हजार नाफा कमाएको छ । कम्पनीले जगेडामा २६ करोड ६३ लाख ८७ हजार सञ्चित छ ।कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७७.८९ रुपैयाँ छ ।
प्रतिक्रिया