चलचित्र विकास कम्पनीको झन्डै साढे ६ करोड शेयर बेच्दै उद्धव पौडेल

४ बर्ष अगाडि

काठमाडौं, फिल्म निर्माता तथा गोपीकृष्ण हलका मालिक उद्धव पौडेलले चलचित्र विकास कम्पनीको शेयर बेच्न लागेका छन्। राष्ट्रिय सञ्चार नीति, ०४९ अनुसार सरकारले चलचित्र विकास संस्थानलाई नीजिकरण गर्ने व्यवस्था गरेपछि २०५० सालमा कम्पनीको बहुमत शेयरमध्ये ५१ प्रतिशत शेयर ६ करोड ४६ लाख ६२ हजार रुपैयाँमा खरिद गरेका थिए । 
 
अब उनले आफूले खरिद शेयर बेच्न लागेको विश्वस्त स्रोतले बताएको छ । सेयरको विषयमा केही चरण दीपकराज गिरीको टिमसँग छलफल भएको जानकारी प्राप्त छ । तर, सेयर किन्ने विषयमा दीपकराजको टिमले कुनै निर्णय गरिसकेको छैन । तथापी, यो टिम उद्धव पौडेलको ५१ प्रतिशत सेयर किन्न सकारात्मक रहेको बुझिएको छ । 
 
फिल्म क्षेत्रको विकास गर्न २०४८ सालमा शाही नेपाली चलचित्र संस्थान स्थापना भएको थियो । राजतन्त्र ढलेपछि यो संस्थानको नाम चलचित्र विकास संस्थान र नीजिकरणपछि चलचित्र विकास कम्पनी बन्यो । नीजिकरणपछि कम्पनीको बहुमत सेयर उद्धव पौडेल किने । बाँकी २४ प्रतिशत सेयर फिल्मकर्मी, २० प्रतिशत सर्वसाधारण र ५ प्रतिशत संस्थानकै कर्मचारीलाई दिइएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया