काठमाडौंं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्ने प्राथमिक शेयर (आईपीओ) ले रेटिङ पाएको छ । कम्पनीले डबल बि माइनस रेटिङ पाएको हो ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल मार्फत गरेको रेटिङ्गमा निष्कासन गर्ने आईपीओलाई आईआर बीबी माइनस रेटिङप्रदान गरेको छ ।
यस्तो रेटिङ प्राप्त संस्थाले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ ।कम्पनीको १ करोड २६ लाख रुपैयाँ बराबरको १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी छ ।
साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ) को निष्काशन तथा बिक्रीका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
अब नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अब आवश्यक प्रक्रिया पूरा गरेर निवेदन दिई स्वीकृतीपछि मात्र सर्वसाधारणमा आईपीओ जारी हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी ५ करोड ४६ लाख पुग्नेछ ।
प्रतिक्रिया