काठमाडौं, एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
एनआईसी एशिया ग्रोथ फण्डले ३० प्रतिशत अर्थात २५ करोड ५ लाख ६० हजार रुपैयाँ र एनआईसी एशिया ब्यालेन्सड् फण्डको ३० प्रतिशत अर्थात २२ करोड ६५ लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो।
एनआईसी एशिया क्यापिटलको साउन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया