काठमाडौं, मैलुङ खोला जलविद्युत् कम्पनीले आईपीओमा आवेदन गर्ने अन्तिम दिन भोलि (सोमवार) सम्म रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि,३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ८४ हजार७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ ।
आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू.३६ करोड ८१ लाख ४३ हजार पुग्नेछ । आईपीओपछि कम्पनीको शेयर संरचना संस्थापकतर्फ ७० प्रतिशत,आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।
प्रतिक्रिया