प्रि ओपन सेसनमा ८.६४ अंकले बढ्यो नेप्से, ४४ कम्पनीको शेयरमूल्यमा वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचक प्रि ओपन सेसनमा ८.६४ अंकले वृद्धि भएको छ ।

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३०८८.४५ विन्दुमा पुगेको हो । उक्त अवधिमा ६२ ओटा कम्पनीको २७ हजार ६८५ कित्ता शेयर खरिदबिक्री हुदाँ रु. १ करोड ५३ लाख बराबरको शेयर  कारोबार भएको छ ।

उक्त अवधिमा कारोबारमा आएका  ६२ ओटा कम्पनीमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यसैगरी ८ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया