लुम्बिनी विकास बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा, कहिलेसम्म दिन सकिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं, लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर आज (आइतवार)देखि  विक्री गर्ने भएको छ ।

बैंकले २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

बैंकले बैंकका संस्थापक शेयरधनीहरुबाट विक्रीको लागि परेको आवेदनका आधारमा उक्त शेयर विक्री गर्न लागेको हो । 

आइतवार सूचना सार्वजनिक गर्दै यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सो सम्बन्धी विवरण खुला बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन भनेको छ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट खरीदको लागि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम उक्त शेयर विक्री प्रकृया अघि बढाइने जानकारी दिइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया