गत साता ३१ सयसम्मको बिन्दुमा पुगेको नेप्से यस साता के होला ?

४ बर्ष अगाडि

काठमाडौं, गत साता नेप्से परिसुचक हाल सम्मको उच्च बिन्दुमा पुगेर  नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। गत बुधबार नेप्से ३०९४.९५ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ बनाएको हो।

गत साता नेप्से परिसूचक साढे २ प्रतिशत बढेको थियो। अघिल्लो साता ३००४.३१ विन्दुमा बन्द भएको नेप्से यस साता ७५.५२ अंक बढेर ३०७९.८३ विन्दुमा पुगेको छ। साताको अन्तिम  दिन भने नेप्सेमा ३०७९.८३ विन्दुमा झरेको हो।

यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा ३२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २९०० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि सुधार भएको छ। गत साता दैनिक औषतमा १३ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जससँगै नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५२.६० प्रतिशत बढी हो।

कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक गत साता सर्वाधिक ७.८९ प्रतिशत बढेको छ। अघिल्लो साता ३६४६.२२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता २८७.७५ अंक बढेर ३९३३.९७ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ४२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ३६०० विन्दुमा टेवा पाउने देखिन्छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया