काठमाडौं - शनिबार स्थगित भएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । माधव नेपाल पक्षलाई पनि सहमतिमा ल्याउने प्रयासस्वरूप आज अपराह्न ३ बजे बस्न लागेको हो ।
बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णतालगायतका विषयमा छलफल हुने स्रोतले जनाएकोे छ । पार्टी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम बैठकमा विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुने पनि बताइएको छ ।
सहमतिको प्रयासमा शनिबार बैठक स्थगित गरेर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका विघटित कार्यदलका सदस्यलाई समेत नेपालले १० बुँदे नजान्ने र ओलीलाई अध्यक्ष पनि नमान्ने अडान सुनाएको नेताहरुले बताए छन् ।
यता ओलीले आजको बैठकअघि सहमति नआए ‘वारपार’ गरेर अघि बढ्ने निकट नेताहरुलाई बताइसकेकाले आजको बैठक निर्णायक हुन सक्ने आकलन गरिएको छ ।
प्रतिक्रिया