काठमाडौं - विश्वका ५४ देशमा १ लाख २७ हजार ९३४ जना नेपालीमा कोरोना पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अनुसार संक्रमितमध्ये १ लाख १७ हजार ५२९ जना नेपाली कोरोनामुक्त भइसकेका छन् ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१।८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका हुन् । पछिल्लो दुई साता मलेसिया र भारतमा रहेका नेपालीमा कोरोना संक्रमण बढेका छ ।
साथै गत तीन सातामा कोरोनाबाट विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ । एनआरएनएका अनुसार मलेशियामा मात्र ३७ जना नेपालीको मृत्यु भएको हो ।
इराक र युगान्डामा एक–एक जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वका २९ राष्ट्रमा ४८६ जना नेपालीको मृत्यु भइसकेको एनआरएनएले जानकारी दिएका छ ।
प्रतिक्रिया