गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)सँग पोखराको फेवा नहरलाई व्यवस्थापन गर्न माग गरिएको छ । पोखरा–१७ को जनजागरण टोल विकास संस्थाका तर्फबाट फेवा नहरका कारण हरेक वर्ष मानिससमेत बगाउने तथा अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएको भन्दै नहरको व्यवस्थापन गर्न माग गरिएको हो ।
पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा पार्दीस्थित राम मन्दिरबाट पावरहाउस खेल मैदान जाने एक हजार २०० मिटर सडक स्तरोन्नति गर्न माग गरे ।
पावरहाउसमा करिब ५०० रोपनी जग्गामध्ये हाल साहसिक खेल गतिविधि सञ्चालन गर्न सकिने गरी १५२ रोपनी जग्गा प्रयोग गर्न मिल्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
प्रतिक्रिया