एमालेको स्थायी कमिटी बैठक स्थगित, कहिले बस्ने ?

४ बर्ष अगाडि

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक विघटित कार्यदलको बैठकको आग्रहपछि आइतबार बस्नेगरी स्थगित भएको हो ।

बैठकले पार्टी एकताका लागि समझदारी जुटाउन स्थायी कमिटी बैठक स्थगित गर्न आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

स्थायी कमिटी बैठक आज ३ बजेका लागि बोलाइएको थियो । त्यसअघि विघटित कार्यदलको बैठक सिंहदरबारमा बसेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया