एमजनलाई ८८.६६ करोड अमेरिकी डलर जरिबाना !

४ बर्ष अगाडि

 एमजन कम्पनीलाई ८८.६६ करोड अमेरिकी डलर जरिबाना तोकिएको छ। 

 लक्जेम्बर्गको डेटा सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले  युरोपेली सङ्घ ईयूको डेटा सुरक्षासम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा  एमजनलाई उक्त जरिबाना लगाइएको हो।

उक्त निकायले सो विशाल प्रविधि कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत डेटाहरू प्रशोधन गरेको दाबी गरेको छ।एमजनले भने तिर्नुपर्ने उक्त जरिबाना तथ्यमा आधारित नरहेकोुबताउँदै आफूले जोडदारु रूपमा प्रतिरक्षा गर्ने जनाएको छ।

उक्त कम्पनीका एक प्रवक्ताले  डेटाको कुनै दुरुपयोग नभएको बताएका छन्।

एमजनकी एक प्रवक्ताले सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा सुनिश्चित गर्नु आफूहरूको उच्च प्राथमिकता भएको बताएकी छन्।

त्यहाँ कुनै डेटाको दुरुपयोग भएको छैन र सेवाग्राहीका विवरण कुनै तेस्रोप क्षलाई दिइएको छैन,उनले भनिन्। यी कुनै विवाद गर्न नपर्ने तथ्य हुन्।

उनले आफ्नो कम्पनीले सीएनपीडीको निर्णयलाई बलियोसँग अस्वओकार गर्ने भन्दै त्यसको लागि पुनरावेदनमा जाने सोचेको बताएकी छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया