मुख्य अपराधिबाहेक अरु सबैलाई पार्टीमा स्वागत छ, एकताको नाममा धेरै कुर्न सकिदैन : ओली

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् ।

साथै उनले मुख्य अपराधिबाहेक अरु सबै पार्टीमा फर्किन सक्ने बताएका छन् । उनले भने, ‘पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको छ । मुख्य मुख्य अपराधी बाहेक अरु साथीहरूलाई मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं ।’  

पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष पनि उनले बताए । ‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन् आँउदैनन्, केही साथीहरूसँग कुरा भइरहेको छ’ उनले भने ।

४ बर्ष अगाडि

प्रतिक्रिया