‘खोपलाई सरकारले सबैभन्दा बढी प्राथमिकता दिएको छ': उपसभापति निधि

४ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् । 

उपसभापति निधिले जहाँबाट ल्याएर भए पनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागि परेको बताएका हुन् ।

शनिबार काठमाडौँको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि स्मरण गराए । 

उनले भने, ‘खोपलाई सरकारले सबैभन्दा बढी प्राथमिकता दिएको छ । अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सरकारले जहाँबाट ल्याएर भए पनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौँ भनिरहेको छ ।’ उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया