सातामा ६ दिन एक्सन सिक्दै दीपिका

४ बर्ष अगाडि

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको एक्सन पहिलोपटक दर्शकले हेर्न पाउनेछन् । नयाँ फिल्म ‘पठान’ मार्फत उनका एक्सन देखिने भएको हो । 

उनलाई उक्त फिल्ममा अभिनेता शाहरुख खान सँग देखिन्दै छिन् । यस फिल्मका लागि दीपिकाले निकै कडा किसिमको प्रशिक्षण लिइरहेकी छन् । फिल्ममा एक्सन दृश्यलाई उत्कृष्ट बनाउन दीपिका दिनरात नभनीकन मेहनत गरिरहेकी छन् । 

दीपिका यो समयमा अन्य केही फिल्मको सुटिङमा व्यस्त भए पनि फुर्सद मिल्नासाथ ‘पठान’का लागि तालिम लिन समय छुट्याउछिन् । उनी यो फिल्मकै लागि दैनिक दुई घण्टा तालिम लिइरहेकी छन् ।

दीपिका सातामा ६ दिन तालिम लिन्छिन् । तालिमको समयमा उनी योगा पनि गर्छिन् । यसबाहेक विशेष किसिमको डाइटको तालिका छँदैछ । उनलाई केही समय अघि कोरोना संक्रमण भए पनि त्यसबाट स्वस्थ भएर उनी आफ्नो फिटनेस र स्वास्थ्यमा पूर्ण ध्यान दिइरहेकी छन् ।

दीपिका ‘पठान’ पछि शकुन बत्राको नयाँ फिल्ममा देखिँदैछिन् । यसबाहेक उनी ‘८३’, ‘महाभारत’, ‘नाग अश्विन’मार्फत दर्शकमाझ आउदैछिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया