दार्चुला तुइन घटना : तत्काल छानविन गर्न पाँच विद्यार्थी संगठन र मोर्चाको माग

४ बर्ष अगाडि

विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । 

दार्चुलाको व्यास गाउँपालिका–२ का जय सिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उपमहासचिव जीपी मैनालीले जानकारी दिए ।  

यस्तै मध्यपश्चिमाञ्चल  विश्वविद्यालयका उपकुलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन् । उपकुलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको छ । विद्यार्थीहरूका जायज मागहरु सम्बोधन गरी परीक्षा सूचारु गर्न माग संगठनले माग गरेको छ । 

यसैगरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरूबाट भ्रष्टाचार, अनियमितता भएको पनि उनीहरुले प्रधानमन्त्री देउवालाई ध्यानकर्षण गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्चाइरहेका छन् । 

पढाइ, विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ । उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न पाँच बिद्यार्थी संगठनले माग गरेका छन् ।

यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चाले दार्चुला घटनाको छानबिन गर्न माग गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले शनिबार जारी विज्ञप्ति जारी गरी घटनाको अविलम्ब छानविन गरी अपराधीलाई कडाभन्दा कडा कारवाही गर्नरगराउन सरकारसँग जोडदार माग गरेका हुन् । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया