नेपालमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्यो

७ बर्ष अगाडि

काठमाडौँ– नेपालमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 

सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । 

स्वास्थ्य संस्थाबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सञ्जाल नेपालले आज  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । संस्थाका चालु आर्थिक वर्षमा ९६ हजार महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । 

नेपालका ग्रामीण भेगसम्म महिलालाई सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजारको सङ्ख्यामा चिकित्सक, नर्स तथा अनमीलाई तालीम प्रदान गर्नाका साथै करीब एक हजार १०० स्वास्थ्य संस्थाबाट यस्तो सेवा उपलब्ध गराउँदै आएको छ । 

मुलुकी ऐन ११ औँ संशोधनको परिच्छेद–४ मा सुरक्षित गर्भपतनको व्यवस्था गरिएको छ । जसअनुसार गर्भधारण गरेको १२ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न पाइने व्यवस्था छ । अनिच्छित वा बलात्कार भई गर्भपतन गराउनु परेमा २८ हप्तासम्मको गर्भलाई कानूनी मान्यता प्रदान गरिएको छ । तर खतरनाक अवस्थामा पुगेकालाई विज्ञ वा चिकित्सकको सल्लाह लिनुपर्ने व्यवस्था रहेको सो संस्थाबाट दुर्गम क्षेत्रमा खटिएका विज्ञ सन्तोष भण्डारीले बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया