काठमाडौं - गायन रियालिटी सो 'दी भ्वाइस अफ नेपाल'मा अन्तिम चार जना छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार जना कोचका एक–एकजना प्रतिभा फाइनलका लागि छनोट भएका हुन् ।
फाइनलमा टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ प्रवेश गरेका छन् । उनले बुटवलका गोविन पुनलाई पछि पार्दै फाइनलमा प्रवेश भएका हुन् । टिम प्रमोदबाट अमेरिकाबाट सहभागी भएका किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । उनले भारतको सिक्किमका रवि गहतराजलाई पछि परेका छन् ।
साथै टिम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छन् । उनले आफ्नो प्रतिष्पर्धी काठमाडौंका सोनाम शेर्पालाई पछि पार्दै फाइनको यात्रा तय गरेकी हुन् । टिम तृष्णाबाट ज्वाला राई सुरक्षित भएका छन् । उनले अफ्रिता खड्गीलाई पछि पारेका हुन् ।
प्रतियोगिताको ग्राण्ड फिनाले आगामी शनिबार हुने छ ।
प्रतिक्रिया