ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल समूहलाई धेरै समय नपर्खिने निर्णय गरेर जाने मुडमा

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको छ । 

बैठकमा तीन एजेण्डामा छलफल हुने बताइएको छ । केन्द्रीय विभागहरुको पूर्णता दिने, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणको विषय बैठकको एजेण्डा रहेको बताइएको छ । 

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहका लागि धेरै पर्खिन नसक्ने बताएका थिए । ओली पक्ष माधव समूहका लागि धेरै समय नपर्खने र निर्णय गरेर जाने मुडमा देखिएको छ । 

तर, पार्टी एकताका लागि दोस्रो तहका नेताहरूको सक्रियता जारी रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया