कुवेतमा सवारी दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - कुवेतमा सवारी दुर्घटनामा परी होम डेलिभरी सेवामा काम गर्दै आएका एक नेपाली युवाको मृत्यु भएको छ । 

मोटरसाइकलमा सवार रहका उनलाई स्थानीय रुमैथिया भन्ने ठाउँमा विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको कुवेतका सञ्चारमाध्यमहरुले बताएका छन् ।  मृतका कामदारको परिचय खुलाइएको छैन ।

उनको शवलाई पोेस्टमार्टमको लागि फोरेन्सिक ल्यावमा पठाइएको अनुसन्धानामा संलग्न प्रहरीले बताएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया