९ लाख जरिवाना ठहर बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले ९ दिन कैद र ९ लाख जरिवाना ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का छन् ।

बैंकिङ्ग कसुर मुद्दामा ४६ वर्षीय खड्कालाई उच्च अदालत पाटनले कसूरदार ठहर गरेको थियो । 

आफ्नो खातामा पुरा रकम नभएको जानी–जानी खड्काले एनआईसी एसिया बैंकको चेक लेखेर दिएका थिए । सो मुद्दामा उच्च अदालत पाटनले २०७८ वैशाख १४ मा जेल सजाय र जरिवाना हुने फैसला गरेको थियो । हात्तीगौडाबाट पक्राउ गरेर खड्कालाई ब्यूरोले अदालतमा उपस्थित गराएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया