खोलाले बगाउँदा एक महिलाको मृत्यु

४ बर्ष अगाडि

मकवानपुरगढी गाउँपालिका–४ स्थित सामरी खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । सोही गाउँपालिका–६ निवासी ४२ वर्षीया तुलसीमाया घलानलाई  बुधबार साँझ उक्त खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

मृतक घलान बुधबार साँझ दूघ बेचेर घर फर्कने क्रममा खोला तर्न लाग्दा बगाएको थियो । स्थानीयवासीले शव खोलाको किनारमा आज देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याएको र घटनाबारे थप अनुसन्धान भइरहेकोे जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया