काठमाडौं - आईपीओ निष्कासन गर्नका लागि इमर्जिङ नेपाल लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
यसअघि पनि कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएकोमा आवश्यक विवरण नपुगेकाले पाइपलाइनबाट हटाइएको थियो ।
कम्पनीले आवश्यक विवरणहरु बुझाएपछि पुनः आईपीओ धितोपत्र बोर्डले पाइपलाइनमा राखेको हो ।
प्रतिक्रिया