काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) गुडविल फाइनान्स लिमिटेडको कारोबार सुरु भएको सवा दुई घण्टासम्म आइपुग्दाँ ३ लाख २२ हजार बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।
सो अवधीसम्म कम्पनीको ३ लाख २२ हजार १३४ कित्ता शेयर खरिदबिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ रु. २५ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, आज सो अवधीसम्म कम्पनीको ६.९८ प्रतिशतले गिरावट आएको छ । कम्पनीको शेयरमुल्य ७९६ रुपैंयामा झरेको छ ।
यसैगरी, मार्केट डेपमा कम्पनीको ३ लाख ६४ हजार ४३७ कित्ता शेयर खरिदमाग भएको छ ।
प्रतिक्रिया