काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको दुई घण्टा बित्दाँ परिसुचक १२.७३ अंकले ओरालो लागेर ३०८२.२२ को बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनीको ५० लाख १११ पटकको कारोबारमा १ करोड २४ लाख ८५ हजार १६८ कित्ता शेयरको रू ४ अर्ब ९८ करोड ४१ बराबरको कारोबार भएको छ ।
आज २१४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२० शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया