काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
आज कम्पनीको शेयरमुल्य ९.१८ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको शेयर कारोबार ३९८ रुपैंयाबाट सुरु भएको छ ।
यस्तै, कम्पनीको शेयरमुल्य ३६ अंकले उकालो लाग्दै प्रतिकित्ताको मुल्य ४२९ रुपैंयामा पुगेको छ ।
मार्केट डेपमा कम्पनीको ८१ हजार ५०२ कित्ता शेयर खरिदमाग भएको छ भने ४३ हजार ९५४ कित्ता शेयर बिक्रीमाग भएको छ ।
प्रतिक्रिया