काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ३.७४ अंकले ओरालो लागेर ३०९१.३१ को बिन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका २०८ ओटा कम्पनीको २८ लाख १२१ पटकको कारोबारमा ६६ लाख ४४ हजार २०४ कित्ता शेयरको रू २ अर्ब ७७ करोड ८४ बराबरको कारोबार भएको छ ।
आज २०८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८२ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया