नक्कली नेपाली नागरिकता बनाउने थप तीन जना पक्राउ

७ बर्ष अगाडि

जनकपुरमा नक्कली नेपाली नागरिकता बनाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली नागरिकता र पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी सहित ४ जना पक्राउ परेको  दुई दिनपछि थप ३ जना पनि  पक्राउ परेका हुन् । 

यक्राउ पर्नेमा  जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुण कुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । 

उनीह?लाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 

यसअघि गत शुक्रवार नक्कली नागरिकता बनाउने गिरोहका चारजना मध्ये जिल्ला प्रशासन कार्यालयकै कार्यालय सहयोगी महाविर मण्डल समेत रहेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया