प्रतिकित्ता रू. ९१४ मा कारोबार शुरु भएको जीवन विकास लघुवित्तको ३ लाख ४३ हजार बढी कित्ता शेयर खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं आज बिहीबारबाट नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार शुरु भएको छ । कम्पनीको शेयर प्रतिकित्ता रू. ९१४ मा कारोबार शुरु भएको हो । 

कम्पनीले साउन १३ गते बुधवार ६० लाख ८४ हजार कित्ता आईपीओ सूचीकृत गराएको हो । नेप्सले कम्पनीको पहिलो कारोबारको लागि  रू। ३०५ दशमलव २७ देखि ९१५ दशमलव ८१ सम्म ओपन रेञ्ज तोकेको छ । 

आज कारोबार सुरु भएको १० मिनेटमा कम्पनीको शेयरमुल्य २.६३ प्रतिशतले घटेको छ । आज कारोबार सुरु भएको पहिलो दिनमै कम्पनीको शेयरमुल्य २४ रुपैंयाले ओरालो लागेर प्रतिकित्ताको मुल्य रु ८९० पुगेको छ । 

यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ४३ हजार ५८५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया