मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री देउवा

४ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो ।

देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका कारण ढिलाई हुदै आएको छ ।

 देउवाले  आजै  मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्।  गठबन्धनका सबै पक्षसँग  छलफल गरी प्रधानमन्त्री देउवाले आजै सपथ समेत गराउने तयारी गरेको उनीनिकट एक नेताले बताए।  आजै सत्तासाझेदार गठबन्धनको बैठकले मन्त्रीको टुंगो लगाउने तयारी गरेको छ भने साझेदार अन्य दलले पनि आजै नाम टुंगो लगाउने जनाएका छन्। 


बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

जवाफमा दुवै नेताले आफ्नातर्फबाट मन्त्री हुने नेताको नाम दिने बताएका थिए । सोही अनुसार प्रचण्डले आज देउवालाई आफ्नो पार्टीबाट मन्त्री बनाउन लागिएका नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बुझिएको छ । यसअघि देउवा नेतृत्वको सरकारमा माओवादीका जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा गैसकेका छन् । अहिलेसम्म माओवादीका दुईसहित काँग्रेसका वालकृष्ण खाँड,ज्ञानेन्द्र कार्की र उमेश श्रेष्ठले मन्त्रीको जिम्मेवारी पाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया