काठमाडौं, गत आर्थिक वर्षमा मात्र सात हजार भन्दा बढीले आत्महत्या गरेका छन् ।
प्रहरी तथ्यांक अनुसार गत आर्थिक वर्षमा सात हजार एक सय १७ जनाले आत्महत्या गरेको छन् । जसअनुसार औसतमा दैनिक १९ जनाले आत्महत्या गर्दछन्, जुन अघिल्लो वर्षमा भन्दा १४.०४ प्रतिशत धेरै हो ।
आर्थिक वर्ष ०७६/७७ मा ६ हजार दुई सय ४१ तथा ०७५/७६ मा पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए । आत्महत्या बढ्नुमा कोभिड महामारीले उत्पन्न समस्या पनि एउटा कारण हुन सक्ने प्रहरी आकलन छ ।
प्रतिक्रिया