काठमाडौं - जनता समाजवादी पार्टी ९जसपा० ले ६ मन्त्रालय दिइए आज नै देउवा सरकारमा सामेल हुने तयारी गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गरिएको र भनिएको जति मन्त्रालय पाए आज नै सरकारमा सामेल हुने जसपाका एक नेताले बताए ।
उनले भने, ‘बैठकमा ६ मन्त्रालय पाउनुपर्छ भनेर दाबी गरिएको छ । यो विषयमा प्रधानमन्त्रीजी र गठबन्धनसँग छलफल गरिनेछ । यदि, दुवै पक्षबाट कुरा मिलेको अवस्थामा आज नै जसपा पार्टी सरकारमा सामेले हुनेछ । मन्त्रीहरुले पनि आज नै सपथ लिनेछन् ।’
बैठकले जसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको पनि उनले बताए ।
प्रतिक्रिया