एनएलजी इन्स्योरेन्स शेयर मूल्य नेप्सेमा समायोजन, आजबाट कारोबार खुल्ने

४ बर्ष अगाडि

काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा समायोजन भएको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार १९८ रुपैयाँ १८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो । 

अघिल्लो दिन अर्थात बुधबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ३१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आज समायोजित मूल्यकै आधारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया