मध्य भोटेकोशी जलविद्युतको आईपीओमा ३१ हजार बढिले दिए आवेदन

४ बर्ष अगाडि

काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा बुधबार साँझसम्ममा ३१ हजार भन्दा धेरै आवेदकले आवेदन दिएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका बुधबार साँझसम्ममा ३१ हजार ५ सय जना आवेदकबाट ६६ करोड ६९ लाख १५ हजार ३ सय रूपैयाँ बराबरको ६६ लाख ६९ हजार १ सय ५३ कित्ताका लागि आवेदन परेको छ ।   

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका बुधबार साँझसम्ममा ३१ हजार ५ सय जना आवेदकबाट ६६ करोड ६९ लाख १५ हजार ३ सय रूपैयाँ बराबरको ६६ लाख ६९ हजार १ सय ५३ कित्ताका लागि आवेदन परेको छ ।  कम्पनीले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पहिलो चरणमा पुनः प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । 

जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया